इजरायलमा हमासको अपहरणपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा जेन-जी युवाहरूले दीप प्रज्वलन गरेका छन्।
बुधबार साँझ काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरूले जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप बालेका हुन्।
कृषि विषय अध्ययनका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका जोशीलाई सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेको थियो। लामो समयसम्म उनको अवस्था अज्ञात रहेकोमा हालै उनको मृत्यु भएको पुष्टि भएको हो।
दीप प्रज्वलन कार्यक्रममा सहभागी युवाहरूले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।
उनीहरूले एक निर्दोष नेपाली विद्यार्थीले अकारण ज्यान गुमाउनुपरेको घटनाप्रति दुःख र आक्रोश व्यक्त गरेका थिए।
सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक















प्रकाशित: २९ आश्विन २०८२ १८:५० बुधबार





