अहिले पाँच प्रदेशको विभिन्न जिल्लामा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको थोरै तथा लुम्बिनी र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का पानी परिरहेको हो ।
यी क्षेत्रहरूमा थप मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित: २० वैशाख २०८३ १७:१६ आइतबार





