४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

महिनाको ‘उत्कृष्ट महिला प्रहरी पुरस्कार’को सुरुआत

काठमाडौं प्रहरीले महिला प्रहरीलाई प्रोत्साहन गर्न ‘महिनाको उत्कृष्ट प्रहरी’ बाट पुरस्कृत गर्ने कार्यको थालनी गरेको छ ।  

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले यसपटकदेखि महिला प्रहरीको योगदानको उच्च मूल्याङ्कन गर्दै मासिक रूपमा पुरस्कारको थालनी गरिएको जानकारी दिए ।  

यसपालि नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत प्रहरी जवान प्रमिला श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक टेककुमारी पाण्डेलाई महिनाको उत्कृष्ट महिला प्रहरी घोषणा गर्दै सम्मान प्रदान गरिएको उनले बताए ।  

प्रथम नेपाल प्रहरी महिला सम्मेलनको पूर्वसन्ध्यामा प्रहरी सङ्गठनबाट आफूलाई प्राप्त जिम्मेवारी व्यावसायिक निष्ठा, साङ्गठनिक नीति बमोजिम कुशलतापूर्वक सम्पादन गरेको तथा कार्यालयबाट तोकिएका काम कारबाही तदारुकताका निर्वाह गरेको भन्दै कदर स्वरूप उक्त सम्मान प्रदान गरिएको प्रमुख अधिकारीले जानकारी दिए ।

नेपाल प्रहरीले केहीदिन अघि मात्रै महिला प्रहरी सम्मेलन सम्पन्न गरेको थियो। सोही सम्मेलनले पनि महिला प्रहरीको भूमिकालाई प्रशंसा र प्रोत्साहन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रकाशित: ९ भाद्र २०८२ २०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App