मंगलबार नाग्मा-गमगडी सडक खण्ड अवरुद्ध भएको छ। बिहान ८ बजे (मुगु जाने) सडक खण्ड अवरुद्ध भएको हो।
जुम्लाको हिमा-७ बागबजारमा ठूलो पहिरो खसेर यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको खबर प्राप्त भएको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार सडकको माथिल्लो भागबाट आएको पहिरोले सम्पूर्ण बाटो पुरिएका कारण सवारी सञ्चालन हुन सकेका छैन।
घटनास्थलमा सडक डिभिजनको प्राविधिक टोली परिचालन गरिएको जनाइएको छ।
हाल पहिरो पन्छाउने कार्यका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गर्ने तयारी भइरहेको डिभिजन कार्यालय प्रमुख दीपेन्द्र कुमार चौधरीले बताए। सडक कहिले सुचारु हुन्छ, भन्ने यकिन समय भने तोकिएको छैन।
प्रकाशित: २७ श्रावण २०८२ ०९:१३ मंगलबार





