२३ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

गगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कालीकोटको शुभकालिका-१ गगने खोलाको पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ। वर्षा हुने बित्तिकै लेदो र ढुङ्गासहित झर्ने पहिरोले राजमार्ग अवरुद्ध भएको हो। जसबाट यात्रुलाई सास्ती भएको छ।

आज बिहानैदेखि  पहिरो झरेपछि सडक अवरुद्ध भएको कालीकोटका डिएसपी टेकबहादुर रावतले बताए। 'फेरि गगनेमै पहिरो गयो,' उनले भने, 'यहाँको पहिरोले सारै सतायो।'

उनका अनुसार असार यता ३० पटक गगनेमै पहिरो झरेर ३४ दिन सडक अवरुद्ध भइसकेको छ।

प्रकाशित: १ आश्विन २०८२ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App