५ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

फाइल तस्बिर

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-२ फिस्लिङमा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ। आज बिहान २ः२० बजे पहिरो गएसँगै सवारी आवागमन ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ८ः०० बजेसम्म पहिरो पन्छाएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए। अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति बन्द गरिएको नारायणगढ-मुग्लिन सडकखण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालन हुनेछ।

स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने भन्दै आइतबार राति १०ः०० बजेदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो। रासस

प्रकाशित: ४ श्रावण २०८३ ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App