२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध

पहिरोका कारण मध्यपहाडी राजमार्गको रुकुम–पश्चिम खण्ड अवरुद्ध भएको छ । चौरजहारी नगरपालिका–८ कालेखोलामा पहिरो खसेपछि उक्त सडक आज बिहानदेखि अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी अविनाश अर्यालका अनुसार पहिरोले खोलाको पुल पुरेको छ । पहिरो सफा गर्न उपकरणसहितको टोली परिचालन गरिएको छ ।  

प्रकाशित: १५ भाद्र २०८२ १२:१३ आइतबार