१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

पहिरोले प्रमुख राजमार्ग अवरुद्ध

फाइल तस्बिर

बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै भिन्नभिन्न स्थानमा पहिरो खस्दा देशका विविध भेगका प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्गअन्तर्गत पहिरोले सङ्खुवासभा खण्ड, पाँचथरमा तमोर करिडोर, ओखलढुङ्गामा सिद्धिचरण राजमार्ग, काभ्रेपलाञ्चोकको नमोबुद्धमा बिपी राजमार्ग, रसुवामा पासाङल्हामु राजमार्ग र नेपाल चीन जोड्ने पुल, सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका हुन्।

पहिरोले अवरुद्ध जोमसोम–कोरोला खण्ड र म्याग्दीमा बेनी–दरवाङ सडक र अर्घाखाँचीको सन्धीखर्क–गोरुसिङ्गे सडक भने एकतर्फी सञ्चालन भएका प्रहरी प्रवक्ता विनोद घिमिरेले बताए।

प्रकाशित: १४ कार्तिक २०८२ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App