२६ माघ २०८२ सोमबार
image/svg+xml
समाज

पहिरोले कोदारी राजमार्ग अवरुद्धः छ सय ‘कन्टेनर’ सीमापारि

पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरीपुलपारि रोकिएका छन्।

भोटेकोशी गाउँपालिका -२ इकुमा लेदोसहितको पहिरो  खसेको १२ दिन भयो। पहिरो पन्छाउन नसक्दा सवारी साधन मात्र होइन पैदल यात्रा गर्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताए। झन्डै दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ।

कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको जानकारी दिंदै उनले सरकारी स्तरमा पहिरो पन्छाउने प्रयास नभएको गुनासो गरे।

यसैबीच चरिकोटस्थि सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र त्यो रोकिना साथ भारी उपकरण प्रयोग गरेर बाटो खोलिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ३० श्रावण २०८२ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App