२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध

फाइल तस्बिर

बागलुङको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ। आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौंलगायतका स्थानमा जाने आउने सवारी साधन रोकिएका छन्। निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको प्रहरी निरीक्षक थापाले बताए। रासस

प्रकाशित: २३ श्रावण २०८२ १०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App