३० असार २०८३ मंगलबार
image/svg+xml
समाज

सुकुम्बासी परिवारलाई सीप विकास तथा रोजगारमा आबद्ध गराइने

सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने भएको छ।

बोडेस्थित होल्डिङ सेन्टरमा सुकुम्बासीसँग भेट गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुकुम्बासीलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी सोहीअनुसारको सीप विकास तथा रोजगार कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए।

'यस कार्यक्रमले युवालाई आर्थिक रूपमा सबल बनाउन मद्दत गर्नेछ,' मन्त्री यादवले भने। यसका लागि युवा, रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यसअन्तर्गत शाखाले गृहकार्य गरिरहेका छन्। 

सुकुम्बासी युवालाई लक्षित गरेर सीप, क्षमता विकास तथा रोजगारीसँग जोडिने कार्यक्रम सञ्चालन गर्ने गरी मन्त्रालयले सघन रूपमा काम गरिरहेको श्रम मन्त्री यादवको भनाइ छ। सुकुम्बासीको हकमा तालिमको आवश्यकता पहिचान (ट्रेनिङ निड एसेस्मेन्ट) का आधारमा छनोट गरी उपयुक्त हुने खालका रोजगारी तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन गरिनेछ।

आइतबार श्रममन्त्री यादवसहित मन्त्रीहरूको टोली सुकुम्बासीका गुनासो सुन्न र समस्या समाधान गर्न भक्तपुरको खरिपाटी र बोडेमा रहेको होल्डिङ सेन्टर पुगेका थिए।

प्रकाशित: ३० असार २०८३ ०६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App