१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

जेसिबी पल्टिँदा लमजुङ-मनाङ सडक अवरुद्ध

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, बुङझर्नास्थित बेसीसहर–मनाङ सडक खण्डमा जेसिबी दुर्घटना हुँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

बिहीबार अपराह्न करिब ४:४० बजे मनाङबाट बेसीसहरतर्फ आउँदै गरेको बा ३ क २४४० नम्बरको जेसिबी अनियन्त्रित भई सडकमा पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र क्षेत्रीले जेसिबीको ‘ब्रेक फेल’ भएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको सुनाए। दुर्घटनामा कुनै पनि मानवीय क्षति भने नभएको उनले बताए।

सडकको बीच भागमै जेसिबी पल्टिएका कारण उक्त सडक खण्डमा सवारी आवतजावत ठप्प भएको छ। जसका कारण मनाङ जाने र बेसीसहर फर्कने सवारी साधन तथा यात्रुहरू बीच बाटोमै रोकिएका छन्।

अहिले अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहेको र छिट्टै बाटो सञ्चालनमा ल्याउने प्रयास जारी रहेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०८२ १८:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App