१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

लहान नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानी पुर्‍याउने

लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पुर्‍याउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ।

नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गरेर खानेपानी र सरसफाइलाई प्रमुख प्राथमिकतामा राखिएको बताए। नगर प्रमुख चौधरीले भने, 'हामीले २०३० सम्म २४ वटै वडामा पानी पुर्‍याउने योजना बनाएका छौँ।' 

योजना अनुसार प्रारम्भिक चरणमा वडा नम्बर १३, १४, १६ र २४ मा पाइपलाइन जडान गरिने छ भने आगामी वर्षभित्र वडा नम्बर ११, १२, १८ र २० मा योजना विस्तार गरिने छ।

नगरका चार सय दलित तथा विपन्न परिवारलाई निःशुल्क धारा जडान गरिने जनाइएको छ। खानेपानीसँगै लहानालाई खुला दिसामुक्त क्षेत्र सुनिश्चित गर्ने लक्ष्य सार्वजनिक गरिएको छ। आगामी वर्षभित्र तीन हजार शौचालय निर्माण गरिने नगरप्रमुख चौधरीले जानकारी दिए। रासस

प्रकाशित: १६ श्रावण २०८२ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App