२ पुस २०८२ बुधबार
image/svg+xml
समाज

एक सातादेखि सम्पर्कविहीन कृष्णकुमारी विश्वकर्मा

सम्पर्कबिहिन भएकी कृष्णकुमारी। तस्विरः महेश्वर ।

साता दिनअघि घर छाडेर हिँडेकी उदयपुरकी एक महिला अझै फेला परेकी छैनन् । जिल्लाको चौदण्डीगढी नगरपालिका १० देवधारकी ३५ वर्षीया कृष्णकुमारी विश्वकर्मा साउन ८ गतेदेखि सम्पर्कविहीन भएको भन्दै परिवारले प्रहरीसँग खोज्नका लागि आग्रह गरेका हुन्।

दीपेन्द्र विश्वकर्माले श्रीमती हराएको भन्दै खोजिदिन इलाका प्रहरी कार्यालय बेलटारमा बिहीबार बिहान निवेदन दिएका छन् । ४९ वर्षीय विश्वकर्माले ८ गतेदेखि माइतबाट हिँडेकी श्रीमती सम्पर्कविहीन भएको भन्दै खोजिदिन प्रहरीसँगै पत्रकारसमक्ष पनि आग्रह गरेका छन् ।

दीपेन्द्रका अनुसार गएको ३ महिनायता कृष्णमाया चौदण्डीगढी-५ शिवाईस्थित माइती घरमा बस्दै आएकी थिइन् । माइतबाटै सम्पर्क विहीन भएकी श्रीमती अहिलेसम्म सम्पर्कमा नआएको उनको उजुरीमा उल्लेख छ ।

दीपेन्द्रले सासू शरिमाया विश्वकर्माले पनि छोरी हराएको भन्दै स्थानीय प्रहरी र आफूलाई जानकारी दिएको बताएकी छिन् । हराएको छोरी खोजिदिन माग गर्दै शरिमायाले स्थानीय शिवाई प्रहरी चौकीमा पनि यसअघि नै जानकारी गराइसकेको बताएकी छिन् ।

‘म चाहिँ माइत गएकी श्रीमती केही दिनमा आउली भन्दै बाटो हेरेर बसेको थिएँ’ दीपेन्द्रले भने ‘तर ऊ त माइतबाटै कता गई सकिछे, हराएको ४–५ दिनपछि पो सासू आमाबाट यो कुरा थाहा पाएर खोजिदिन प्रहरी गुहार्न आएको हुँ ।’

विश्वकर्मा परिवारका १३ वर्षीय छोरा र ७वर्षीया छोरी छन् । कृष्णकुमारीसम्पर्क विहीन भएपछि आफन्त, छरछिमेक र नरनाता सबैतिर खोज्दा पनि नभेटिएपछि प्रहरीसँग हारगुहार माग्न आएको दीपेन्द्रले बताए ।

विश्वकर्माले कसैले आफ्नी श्रीमतीलाई देखे भेटे मोबाइल नम्बर ९७०३९४७६१५ मा सम्पर्क गर्न वा नजिकैको प्रहरी चौकीमा खबर गर्न पनि आग्रह गरेका छन् ।  

प्रकाशित: १५ श्रावण २०८२ १६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App