३२ असार २०८३ बिहीबार
image/svg+xml
समाज

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंबाट सकुशल उद्धार, पाँच भारतीय पक्राउ

चितवनको नारायणगढबाट अपहरणमा परेका १६ वर्षीय एक बालकको काठमाडौंबाट सकुशल उद्धार गरिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बालकको उद्धार गर्नुका साथै अपहरणमा संलग्न पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोमबार साँझ नारायणगढबाट ५/६ जनाको समूहले भारतीय नम्बर प्लेटको गाडीमा राखेर ती बालकलाई अपहरण गरेको थियो। अपहरणकारीले उनलाई काठमाडौं ल्याई बसपार्क क्षेत्रको एक होटलमा बन्धक बनाएर परिवारसँग पैसा मागिरहेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले फिरौती मागिएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको बताए।

अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरू सबै भारतको बिहारका बासिन्दा हुन्। पक्राउ पर्नेमा सुजित कुमार, गोलु कुमार, बिक्कि कुमार, मोहम्मद साहिद र अर्का गोलु कुमार रहेका छन्।

पक्राउ परेका भारतीय नागरिकहरूको समूह र उनीहरूको आपराधिक पृष्ठभूमिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २ असार २०८३ १९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App