काठमाडौंलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ। पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना 'मेरो रहर, सुन्दर र हरित सहर' कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो।

आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार अहिले सिंहदरबार अगाडिको भागमा वेगमवेली जातका फूल रोपिएका हुन्। यो फूल पहेलो, रातो, गुलावीलगायत रङमा फुल्छ। फूल फुलाउने कार्यलाई नियमित गराउन गमलाहरू सिमेन्टका राखिएका छन्। किनाराका स्थायी ठुला सिमेन्टका गमलामा बिरुवा लगाउने, फूल राप्ने, गोडमेल गर्ने तथा पानी हालेर हुर्काउन वातावरण व्यवस्थापन विभागले काम गरिरहेको छ।
यसपछि भित्री सहरी क्षेत्रमा गमला राख्दै लगिने योजना रहेको श्रेष्ठको भनाइ छ।


प्रकाशित: २८ चैत्र २०८२ १३:२१ शनिबार





