१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

अग्रिम टिकट नखुलेपछि काठमाडौं छाड्ने बढे, एकसातामै ७० हजार बाहिरिए

पार्किङमा बस । फाइल तस्बिर

सरकारले दशैंका लागि अग्रिम टिकट नखोल्ने भएपछि घटस्थापना अघि नै काठमाडौ छाड्नेको संख्या बढेको छ ।  

पछिल्लो एक हप्ताको अवधिमा ७० हजार जनाले काठमाडौं छाडेका छन् । जेन-जी आन्दोलनका कारण काठमाडौंको वातावरण असहज हुन सक्ने अनुमानसहित गत भदौं २५ गतेदेखि नै गाउँ जानेको संख्या बढेको हो ।  

सरकारले दशैंका लागि अग्रिम टिकट नखुलाएपछि यो संख्या अझै बढेको यातायात व्यवसायीहरु बताउँछन् ।  

गोंगबु, कलंकी, कोटेश्वरसहितका स्थानमा रहेका टिकट काउन्टरहरुमा दैनिकजसो यात्रुहरुको संख्या बढिरहेको छ । गत भदौं २५ देखि आज बिहीबारसम्म ७० हजारले काठमाडौं छाडेका हुन् ।  

यो क्रम घटस्थापनादेखि दोब्बरले बढ्ने भन्दै सोही अनुसारको सवारी साधनको व्यवस्थापन भइरहेको व्यवसायीहरुले बताएका छन् ।

प्रकाशित: २ आश्विन २०८२ १६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App