२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

फाइल तस्बिर

पहिरोका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ। मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो।

अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडक खण्डको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो। दुई दिनसम्म बर्सातको कारण कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडकखण्डको खुलालुदेखि लैफुसम्म ठाउँठाउँमा पहिरो, लेदो खसेको र पहिरो हटाइ सडक सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ।

अहिले पनि सडकको माथिल्लो भिरालो जग्गाबाट ढुङ्गा खस्ने जोखिम रहेको साथै सडक साँघुरो र धेरै ठाउँमा एकतर्फी भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरिएकोसहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जनक शर्मा बताए।

प्रकाशित: २८ जेष्ठ २०८३ ०८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App