२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

कर्णाली विकास बैंक घोटाला: एक सय नौविरुद्ध तीन अर्ब २० करोड बिगोको मुद्दा दर्ता

कर्णाली विकास बैंकको साढे दुई अर्ब घोटाला प्रकरणमा आज उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा मुद्दा दर्ता भएको छ। तीन अर्ब २० करोड ११ लाख ५४ हजार बिगो दाबीसहित एक सय नौ जना विरुद्ध मुद्दा दर्ता भएको हो।  

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास सूचना अधिकारी बलबहादुर बिष्टका अनुसार मुद्दा दर्ता भइसकेको छ। उनका अनुसार राजेन्द्रबिर राय, वेदप्रकाशसिंह ठकुरी, पशुपतिदयाल मिश्र र भुवन बस्नेत अदालतमा हाजिर भएका छन् भने अन्य एक सय पाँच जना फरार छन्। पक्राउ परेका चार जनाको बयान लिने काम भोलिदेखि सुरु हुने उनको भनाइ छ।  

राष्ट्र बैंकले गत ११ पुसमा डेभलपमेन्ट बैंकलाई संकटग्रस्त घोषणा गरेको थियो। बैंकको कुल निक्षेप संकलन चार अर्ब ९० करोड देखिएको छ। बैंकको स्थापना २०७० मा भएको थियो।

प्रकाशित: १४ श्रावण २०८२ १६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App