३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

प्रधानमन्त्रीमा कार्कीको नियुक्ति बालिका र महिलाहरूका लागि प्रेरणादायी : युनिसेफ

सुशीला कार्कीलाई नेपालको अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएकोमा युनिसेफ नेपालले बधाई दिएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले युवा प्रतिनिधि, अधिकारी र विदेशी कूटनीतिज्ञहरूको उपस्थितिमा कार्कीलाई शुक्रबार शपथ गराएका थिए। उनलाई छ महिनाभित्र नयाँ चुनाव गराउने जिम्मेवारी दिइएको छ। 

यसअघि उनले सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीशको रूपमा काम गरेकी थिइन्। नेपालस्थित युनिसेफको कार्यालयद्वारा जारी बयानमा भनिएको छ, ‘यस ऐतिहासिक क्षणमा उनको नेतृत्व देशभरका बालिका र महिलाहरूका लागि प्रेरणादायी छ। हामी नेपालको प्रगतिको केन्द्रमा बाल अधिकार राख्न अन्तरिम सरकारसँग काम गर्न तत्पर छौँ।’

प्रकाशित: २८ भाद्र २०८२ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App