४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

कालीगण्डकी सडक अवरुद्ध

पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।  

सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए। पहिरो पन्छाउने प्रयास जारी छ। रासस

प्रकाशित: १५ श्रावण २०८२ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App