९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ।

उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोही गाउँपालिका–४ भएर बग्ने पाती खोलामा जलसतह बढेपछि यातायात सेवा पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक अवरुद्ध भएपछि उक्त क्षेत्रबाट बागलुङ, पाल्पा, बुटवल र पोखरा जाने सम्पूर्ण सवारीसाधन तथा यात्री बीच बाटोमा रोकिएका छन्। अवरुद्ध सडक खुलाउने प्रयास जारी छ।

प्रकाशित: ९ आश्विन २०८३ ०९:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App