९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

कैलाली र कञ्चनपुरका यी पालिकामा भारी वर्षाको पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका केही पालिकामा भारी वर्षाको प्रभाव पर्न सक्ने भन्दै प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ।

विभागका अनुसार असोज ९ देखि असोज १२ गते बिहानसम्म लागू हुने गरी भारी वर्षासम्बन्धी पूर्वानुमान जारी गरिएको हो।

कैलालीका गोदावरी, भजनी र घोडाघोडी नगरपालिका तथा मोहन्याल र चुरे गाउँपालिका भारी वर्षाको सम्भावित प्रभाव क्षेत्रका रूपमा तोकिएका छन्।

यस्तै, कञ्चनपुरका लालझाडी गाउँपालिका तथा शुक्लाफाँटा र पुनर्वास नगरपालिका पनि भारी वर्षाको सम्भावित प्रभाव क्षेत्रमा रहेका छन्।

विभागले ती क्षेत्रमा भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित: ९ आश्विन २०८३ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App