२ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

रिहाइपछि पत्रकार श्रेष्ठ लेख्छन् : सत्य मरेको छैन, कलम हारेको छैन

सर्वोच्च अदालतको परमादेशपछि हिरासतमुक्त भएका जनआस्थाका सम्पादक किशोर श्रेष्ठले सत्य नमरेको र कलम नहारेको बताएका छन‍्।

सोमबार राति हिरासतबाट रिहा भएका श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। उनले ढिलो भए पनि भ्रमको पर्दा च्यातिने बताए। उनले पन्छीको ठाउँ पिँजडा नभइ खुल्ला आकाश नै प्रिय लाग्ने बताए।

'पन्छीको ठाउँ पिँजडा हैन,खुल्ला आकाश नै प्रिय लाग्छ उसलाई। ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ च्यातिन्छ,' उनले लेखेका छन्, 'सत्य मरेको छैन, कलम हारेको छैन, सबैलाई बधाई, सबैलाई शुभकामना!'

यो पनि पढ्नुहोस्

उपसभामुख रूबीले दिइन् पत्रकार श्रेष्ठविरुद्ध जाहेरी, यस्तो छ आरोप

यो पनि पढ्नुहोस्

जेन-जी आन्दोलनको प्रतिवेदन बाहिर ल्याएकै कारण मलाई निशाना बनाइयो: किशोर श्रेष्ठ

प्रकाशित: २ भाद्र २०८३ ०९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App