१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिए

पत्रकार दीपेन्द्र खनियाँ घरैमा मृत भेटिएका छन्। काठमाडौंको थापागाउँस्थित आफ्नै घरमा उनी आइतबार बिहान मृत फेला परेका हुन्।

जिल्ला प्रहरी काठमाडौं प्रहरी प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले खनियाँ झुण्डिएको अवस्थामा मृत भेटिएको पुष्टि गरे ।  

उनका अनुसार प्रहरीले घटनास्थलको मुचुल्का गरिससकेको छ। आवश्यक कानुनी प्रक्रिया सकेर शव पोस्टमार्टमका लागि अस्पताल पठाईदैछ।

खनियाँ नयाँबानेश्वरस्थित चर्चित स्टेशन ‘रेडियो अडियो’का सञ्चालक पनि हुन् । पत्रकार खनियाँका श्रीमती र एक छोरी छन् ।

प्रकाशित: ७ मंसिर २०८२ १६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App