२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

स्कुटर दुर्घटनामा कालिकोटका पत्रकार आचार्यको मृत्यु

कालिकोटको ताडीस्थित रेडियो तिला आवाजका कार्यक्रम प्रमुख तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष ३४ वर्षीय भीरेन्द्र आचार्यको ट्राफिक दुर्घटनामा निधन भएको छ।

शुभकालिका–६ हाउडी घर भएका आचार्य सवार लुम्बिनी प्रदेश–३६–प–३८८६ नम्बरको स्कुटरलाई सुर्खेतको वीरेन्द्रनगर–२ स्थित वडा कार्यालय अगाडि कर्णाली प्रदेश–०२–००३–प–१७४४ नम्बरको मोटरसाइकलले शुक्रबार ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

२३ वर्षीय यामबहादुर शाहीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका आचार्यलाई तत्कालै प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

स्थानीय सञ्चार क्षेत्र तथा पत्रकारिता क्षेत्रमा सक्रिय भूमिकामा रहेर आएका आचार्यको असामयिक निधनले सिंगो प्रेसजगतमा शोक फैलिएको छ।

प्रकाशित: १३ मंसिर २०८२ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App