१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

जोमसोम-कागबेनी सडक खुल्यो

निरन्तरको वर्षाले शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम-कागबेनी सडक मर्मतपछि सञ्चालनमा आएको छ। विभिन्न स्थानमा भासिएको सडक मर्मतपछि सञ्चालनमा आएको हो।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सडक मर्मत गरेर केहीबेर अघिदेखि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छन्। अब जोमसोमबाट कागबेनी र मुक्तिनाथ पुग्न सहज भएको छ।

स्थानीय प्रशासनले कागबेनी-छुसाङ सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ। पहिरो पन्छाउन आवश्यक उपकरण र जनशक्ति त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले राससलाई जानकारी दिए। रासस

प्रकाशित: १५ कार्तिक २०८२ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App