२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

नक्कली राहदानी प्रकरणमा परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

राहदानीसम्बन्धी कसुरको आरोपमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई सोमबार काठमाडौंको कागेश्वरी मनहरा क्षेत्रबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसएसपी अनुपमसमशेर जबराले जानकारी दिए।

सीआईबीका अनुसार नेपालबाट शरणार्थीलाई नक्कली राहदानीका आधारमा तेस्रो मुलुक पठाउने प्रक्रियामा भट्टराईको प्रत्यक्ष संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित: १८ श्रावण २०८३ १५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App