५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

जेन–जी शहीदका परिवारलाई आयल निगम हवाई इन्धन डिपोमा जागिर

रोजगार सम्झौता प्रदान ।

नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलले जेन–जी आन्दोलनमा शहीद बनेका सुवास बोहोराकी आमालाई रोजगारी प्रदान गरेको छ । पानलपोषण गर्ने छोरो सुवास बोहोराले आन्दोलनमा ज्यान गुमाए पछि विचल्लीमा परेकी उनकी आमा कैलीदेवी बोहरालाई रोजगारी दिएको हो ।

आन्दोलनमा सहादत प्राप्त गरेका सुवासकी आमालाई जीवन जिउन सहयोग पुगोस भनेर रोजगारी प्रदान गरेको नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदीप यादवले बताए । निगमले ज्यालादारीमा कैलीदेवी बोहोरालाई नियुक्ति दिएको छ ।  

जेन-जी प्रतिनिधिहरुको आग्रहमा अवसर दिएको उनले बताए । बोहोराले नियुक्ति लिँदा जेन–जी प्रतिनिधिहरु शिव यादव, उपार्जुन चाम्लिङ, अप्सना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, खेमराज साउद र गुञ्जन साही आयल निगमको डिपो सिनामंगल पुगेका थिए ।  

बोहोरासहित आन्दोलनमा ज्यान गुमाएका अर्का ओजेन बुढाका बुवा मणिलाललाई चितवनस्थित भण्डारण क्षमता अभिवृद्धि परियोजनामा जागिर दिइएको छ । त्यसैगरी, आन्दोलनकै क्रममा कोटेश्वर चोकमा मृत्यु भएका महेश बुढाथोकीका भाइ उमेशलाई सिमरास्थित हवाइ इन्धन कार्यालयमा सुरक्षा गार्डको रोजगारी दिन लागिएको यादवले बताए ।

निगमको सिनामंगलस्थित हवाइ इन्धन कार्यालयमा कार्यरत करिब डेढ सय कर्मचारीले जेन–जी आन्दोलनमा मृत्यु र घाइते भएका परिवारलाई दुई लाख ७० हजार रुपैयाँ सहयोग दिएका थिए । आयल निगमका उपनिर्देशक रामहरि निरौलाले पाँच मृतकका परिवार र सातजना घाइतेलाई सो रकम हस्तान्तरण गरेको बताए ।

प्रकाशित: २९ आश्विन २०८२ २२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App