२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

दसैँअघि निकुञ्जभित्र जिप सफारी

चितवन राष्ट्रिय निकुञ्जले दसैँअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने भएको छ।

वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स-साना खोलाखोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार फूलपातीअघि जिप सफारीका लागि अनुमति दिने गरी काम भइरहेको छ। उनको भनाइमा असोज १२ वा १३ गतेदेखि व्यावसायिक जिप सफारीका लागि अनुमति दिने तयारी गरिएको छ। त्यसका लागि जिप दर्ता गर्न थालिएको उनले जानकारी दिए।

गत साल सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरिँदैछ। गत वर्ष जीर्ण देखिएका जिपलाई मर्मतसम्भार गरेर नवीकरणमा ल्याउन भनिएको छ। गत महिनादेखि नै निकुञ्जले बाटो मर्मतसम्भार र झाडी फाँड्ने काम सुरु गरिएको थियो। गएको असार १६ गतेदेखि जिप सफारी बन्द गरिएको हो।

निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ जिप सञ्चालन हुने गर्दछन्। यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारी गर्ने गर्दछन्। रासस

प्रकाशित: १० आश्विन २०८२ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App