जनता समाजबादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले सरमुकाम मलंगवाको शिवसागर चौकबाट यादवलाई पक्राउ गरेको हो।
असारको अन्तिम समयमा जिल्ला पूर्वाधार कार्यालय मलङगवामा राति कार्यालयमा कर्मचारीले सुरक्षाकर्मी लगाएर चेक काटिरहेको विषयमा जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्र खड्का र जसपा अध्यक्ष यादवबिच फोन सम्पर्कमा ‘गालीगलौज भएको’ थियो।
यादवमाथि सर्लाही प्रहरीले अपराधीक उपद्रव, सार्वजनिक सेवा अवरुद्ध, राज्यविरुद्धको अपराधलगायत मुद्दामा सर्लाही प्रहरीको सर्वाधिक सुचिमा रहेको छ। प्रहरीले बुधबार केही बेर अघि यादवलाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिएसपी सरोज राइले बताए।
प्रकाशित: २५ भाद्र २०८२ १३:१९ बुधबार





