१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

जापानिज ‘इन्सेफ्लाइटिस’ ले लियाे छ जनाको ज्यान

सांकेतिक तस्वीर

चितवनका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ। गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको हो।

जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एकजना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एकजना कालिका नगरपालिकाका छन्। उनीहरूमध्ये एकजना ८९, एकजना ८१, दुई जना ७०, एक जना ४२, एकजना ३९ वर्षका रहेका छन्।

सङ्क्रमितमध्ये १० जना महिला हुन भने सात जना पुरुष छन्। उनीहरूमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र नौ जना ६० वर्षमाथिका छन्। सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाए–नलगाएकोबारे स्पष्ट नरहेको उनले बताए। सङ्क्रमितमध्ये सात जना भरतपुर महानगरपालिकाभित्रका छन्।

यस्तै खैरहनी नगरपालिकाका चार जना, माडी नगरपालिकाका एकजना, रत्ननगर नगरपालिकाका एकजना, राप्ती नगरपालिकाका दुई जना, कालिका नगरपालिकाका दुई जना छन्।

यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो। यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिरनै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ। यो लामखुट्टेले सङ्क्रमित सुँगुर, बङ्गुर, हाँस जस्ता पशुपन्छीलाई टोक्यो भने सर्दछ। धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गर्दछ।

प्रकाशित: २ पुस २०८२ १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App