५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

जलजला-सिसाखानी सडक स्तरोन्नति

जलजला-सिसाखानी सडक आठ वर्षपछिस्तरोन्नति प्रारम्भ भएको छ। पहिलो चरणमा गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत छ किलोमिटर सडक ग्राभेल गर्न थालिएको हो। यसअघि एक करोड ७६ लाख रुपैयाँ खर्चेर दुई किलोमिटर यो सडकको एक खण्ड विस्तार गरिएको  थियो।

पूर्वाधार विकास कार्यालयले यो वर्ष पनि एक करोड आठ लाख विनियोजन गरेकाले बाँकी चार किलोमिटर खण्डमा धमाधम विस्तार थालिएको उक्त कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताए।  

प्रकाशित: १७ वैशाख २०८३ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App