२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

जाजरकोट भूकम्पः तीन हजार बढी घर प्रवलीकरण गर्न सकिने

फाइल तस्बिर

जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रवलीकरण सम्बन्धमा विस्तृत क्षति आकलन गरिएको छ । आकलन गरिएका ७७ हजार ८५२ घरमध्ये चार प्रतिशत अर्थात् तीन हजार ३३९ घर प्रवलीकरण गर्न सकिने वर्गमा परेका छन् ।  

भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रवलीकरण सम्बन्धमा जाजरकोट र रुकुमपश्चिमका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, विषय विज्ञहरूसहित सरोकारवालासँग शुक्रबार काठमाडौंमा छलफल भएको थियो ।  

निजी आवासका विस्तृत क्षति आकलनबाट प्राप्त तथ्याङ्कका आधारमा प्रवलीकरणको प्राविधिक पक्षका बारेमा छलफल गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्टले जानकारी दिए ।  

कार्यक्रममा विज्ञहरू प्रा.जीवराज पोखरेल, डा.प्रेमनाथ मास्के, डा.रमेश गुरागाईँ, डा.हरिराम पराजुली, पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक क्षितिजचरण श्रेष्ठले ढुङ्गा माटोका घरहरूको प्रवलीकरण गर्ने विधि एवं नेपालमा प्रवलीकरणको अनुभवबारे प्रस्तुतीकरण दिएका थिए ।  

सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन)का उपनिर्देशक अविनाश श्रीवास्तवले प्रवलीकरणका विद्यमान नीति तथा कार्यविधिबारे जानकारी गराए ।  

त्यसैगरी, जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती, रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, प्रभावित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले विस्तृत क्षति आकलनमा छुटेकाहरूलाई पनि समावेश गर्नुपर्ने सुझाव दिए ।  

प्राधिकरणका कार्यकारी प्रमुख भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव ई अर्जुनकुमार बमले विस्तृत क्षति आकलनका नतिजाका बारेमा जानकारी दिएका थिए । 

प्रकाशित: ३० श्रावण २०८२ २०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App