न्यायाधीश समाज, नेपालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा खतराको कारण देखाएर प्रहरी नियन्त्रणमा लिइएकोप्रति आपत्ति जनाएको छ।
समाजले सोमबार एक विज्ञप्तिमार्फत सुरक्षा खतरा भए निवासमै थप सुरक्षाकर्मी खटाउन वा सम्बन्धित व्यक्तिले रोजेको स्थानमा सुरक्षासहित राख्न सकिने बताएको हो। जबरा राज्यले उपलब्ध गराएको सुरक्षासहित आफ्नै निवासमा रहेको अवस्थामा उनलाई जबरजस्ती प्रहरी कार्यालय, त्यो पनि अपराध अनुसन्धान कार्यालयमा ल्याउनु विधिसम्मत र युक्तिसंगत नभएको समाजले बताएको छ।
पूर्वप्रधानन्यायाधीश जबराको सुरक्षामा कस्तो खतरा थियो र खतरा पुर्याउने व्यक्तिमाथि के कारबाही भयो भन्नेबारे स्पष्ट जानकारी नआएको भन्दै समाजले उनलाई नियन्त्रणमा लिनुको पछाडि अन्य उद्देश्य त थिएन भन्ने आशंका पनि गरेको छ।
यो पनि पढ्नुहोस्
पूर्वप्रधानन्यायाधीश जबरा छुटे, परिवारको जिम्मा लगाइयो
यस्तो कार्यले न्याय परिवारका अन्य सदस्यलाई समेत आतंकित बनाउन सक्ने भन्दै समाजले राज्यका सम्बन्धित निकायलाई सुरक्षा व्यवस्थामा ध्यान दिन अपिल गरेको छ।

प्रकाशित: १२ आश्विन २०८३ २२:३५ सोमबार





