२३ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाख रूपैयाँको लागतमा डिप बोरिङ गरिएको छ। साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ।

कमला सिँचाइ कार्यालययका अनुसार यो बोरिङबट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ। बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरेका थिए। त्यस अवसरमा गोलबजार नगरका प्रमुख श्यामकुमार श्रेष्ठले हालसम्म नगरमा छ वटा डिप बोरिङ खनिएको बताए।

प्रकाशित: ५ भाद्र २०८२ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App