१५ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

परराष्ट्रमन्त्री खनाललाई इजरायली समकक्षीको बधाई

परराष्ट्रमन्त्री शिशिर खनाललाई इजरायली समकक्षी गिडियन सारले बधाई ज्ञापन गरेका छन्।

मन्त्री खनाललाई आइतबार एक सन्देश पठाउँदै उनले इजरायल र नेपालबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउने बताए।

नेपालसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको र प्रविधि, कृषि र श्रमजस्ता प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारमा जोड दिने उनले बताए।

नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन इजरायल प्रतिबद्ध रहेको उनको भनाइ छ।

प्रकाशित: १५ चैत्र २०८२ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App