सुर्खेतमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि घटनाको गम्भीरता ध्यानमा राख्दै सीआईबीसँग सहयोग मागेको हो। सीआईबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण संकलन तथा अनुसन्धान अघि बढाउने तयारीमा छ।
पोस्टमार्टम रिपोर्टअनुसार जबरजस्ती करणीपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित मोबाइल लगायत विद्युतीय सामग्रीहरू फरेन्सिक परीक्षणका लागि पठाइएको छ। यस घटनामा संलग्न रहेको आरोपमा हालसम्म १८ वर्षमुनिका चार जना किशोरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २८ फाल्गुन २०८२ १३:५८ बिहीबार





