२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

नाबालिका बलात्कारको आरोपमा दुईजना पक्राउ

कञ्चनपुरमा नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका-१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा भीमदत्त नगरपालिका-९ का ४० वर्षीय हीरा नाथ र भीमदत्त नगरपालिका-१० का ४७ वर्षीय नरेश नाथलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बलात्कारको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरी विस्तृत अनुसन्धान भइरहेको बताए। 'अहिले प्रहरीले विस्तृतमा अनुसन्धान गर्दैछ', प्रहरी निरीक्षक थापाले भने, 'जङ्गलभित्र लगेर बालिकामाथि जबरर्जस्ती करणी गरेको उजुरीपछि प्रहरी अनुसन्धानमा जुटेको हो।' रासस

प्रकाशित: २८ फाल्गुन २०८२ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App