३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

हनुमानढोकामा सुरु भयो इन्द्रजात्रा फोटो प्रदर्शनी

अन्तर्राष्ट्रिय पर्यटन दिवस राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले काठमाडौंको हनुमानढोकामा फोटो प्रदर्शनी गरेको छ । 

No description available.

काठमाडौं महानगरपालिकाको आयोजना र नेपाल आर्ट काउन्सिल र नेपाल पर्यटन बोर्डको संयुक्त संयोजनमा सुरु गरिएको प्रदर्शनी मेड इन काठमाडौं फेस्ट २०८२ को अवसरमा सुरु भए पनि जेन-जी आन्दोलनका कारण बीचमै स्थगित भएको थियो।

No description available.

बिहीबार हनुमानढोकामा एक कार्यक्रमका बीच पूर्वकुमारी मनिता शाक्य, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त, पूर्व गणेश तथा भैरवले संयुक्तरुपमा उद्घाटन गरेका छन्।  

No description available.

प्रदर्शनीमा इन्द्रजात्रासँग सम्बन्धित विविध गतिविधिलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। लाखे नाचको जोसदेखि साँघुरा गल्लीमा गुन्जिने धुनसम्मले डबली क्षेत्र संगीतमय छ । इन्द्रजात्राका यही महत्वपूर्ण क्षणहरूलाई क्यामेरामा कैद गरिएका तस्बिर प्रदर्शनीमा राखिएको छ ।  

No description available.

तीन दिनसम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म सर्वसाधारणलाई खुला हुनेछ । प्रदर्शनीमा राष्ट्रिय फोटो पत्रकार समूहका सदस्यले खिचेका १०० ओटा १२/१८ का फोटा छन्।

No description available.

प्रकाशित: ९ आश्विन २०८२ २०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App