१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

तनहुँमा भारतिय ग्यास बुलेट दुर्घटना

तनहुँको बन्दीपुर गाउँपालिका-१ बेलभञ्ज्याङमा मंगलबार दिउँसो एक भारतीय ग्यास बुलेट दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दिउँसो करिब ३ बजेको समयमा दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको उक्त बुलेट चालकले नियन्त्रण गुमाउँदा पृथ्वी राजमार्गमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन। यद्यपि, ग्यास बुलेटमा आंशिक क्षति पुगेको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी डुम्रेबाट प्रहरी नायब निरीक्षक विजयनाथ यादवको कमाण्डमा ६ जनाको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार दुर्घटना भए पनि राजमार्गमा सवारी आवागमन भने अवरुद्ध भएको छैन।

प्रहरीले घटनास्थललाई सुरक्षित राख्दै क्रेनको सहायताले ग्यास बुलेटलाई राजमार्गबाट हटाउने प्रयास गरिरहेको जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रकाशित: २५ कार्तिक २०८२ १६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App