११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत पठाउने भएको छ।

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आज बिहान ३७ दशमलव पाँच टन सामग्री नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिए।

‘भारत नेपालका अधिकारीहरुसँग नियमित सम्पर्कमा छ, हामी विपद् सहायतामा सहयोगका लागि कटिबद्ध छौँ’, उनले भने।

भारत सरकारले यसअघि रसुवाका बाढी प्रभावितका लागि बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो।

बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, खाद्यान्न र आवश्यक औषधि नेपाल पठाइएको उनको भनाइ छ।

प्रकाशित: ११ भाद्र २०८३ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App