१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

मानव बस्ती छिरेको बाघ नियन्त्रणमा

चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती छिरेको बाघलाई नियन्त्रणमा लिइएको छ ।  

भरतपुर महानगरपालिका–२७ स्थित बुद्धनगरबाट नेपाल आर्मी, प्रहरीको सहयोगमा निकुञ्जको प्राविधिक टोलीले मंगलबार बाघलाई नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले जानकारी दिए ।  

उनका अनुसार नियन्त्रणमा ल्याइएको बाघको आनिबानिका विषय अध्ययन गरेर खोरमा राख्ने वा नराख्ने निर्णय गरिने छ । अहिलेसम्म यस बाघले मानिस तथा पशुमा क्षती पुर्‍याएको छैन । यद्यपि साउन ४ गते बुद्धनगरको झाडीमा बाघ देखिएपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।  

खबरपछि प्रहरीले निकुञ्जको टोलीलाई खबर गरेर नियन्त्रणमा लिइएको चितवन प्रहरीका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

प्रकाशित: ६ श्रावण २०८२ १९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App