२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

मादीमा मत्स्य संरक्षण परियोजना कार्यान्वयन

फाइल तस्बिर

तनहुँ जलविद्युत् आयोजनाले मादी नदी क्षेत्रमा जैविक विविधता संरक्षण परियोजना कार्यान्वयन प्रारम्भ गरेको छ।

परियोजनाअन्तर्गत मत्स्य ह्याचरी सञ्चालन र मादी नदी मत्स्य संरक्षण करिडोर विशेष वन क्षेत्र निर्माणको तयारी थालिएको आयोजना प्रमुख श्यामजी भण्डारीले राससलाई जानकारी दिएका छन्।

आयोजनाअन्तर्गत मादी नदीमा प्रस्तावित मत्स्य संरक्षण करिडोर विशेष वन क्षेत्र कार्यान्वयनको तयारी पनि प्रारम्भ भएको छ।

दुवै आयोजनाबारे तनहुँ हाइड्रोपावर लिमिटेड, वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ परामर्शदाता तथा एडिबीका जलविद्युत् परामर्शदाताबीच योजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको भण्डारीले जानकारी दिएका छन्। रासस

प्रकाशित: २७ फाल्गुन २०८२ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App