इलाममा अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ।
इलाम नगरपालिका ६, घोसमा एकै घरमा छ जनाको पहिरोले पुरिएर मृत्यु भएको छ। सूर्योदय नगरपालिका १, मानेभज्याङमा पनि पहिरोले पुरिएर एकै घरका आमाछोरीसहित पाँच जनाको मृत्यु भएको छ।
यसैगरी, माङ्सेबुङ गाउँपालिकामा १ मा ३, देउमाई नगरपालिकामा २, खापखुकपुङमा गाउँपालिकामा १, माइजोगमाई गाउँपालिकामा ८ र सन्दकपुर गाउँपालिकामा ३ गरी जम्मा २८ जनाको मृत्यु भएको सशस्त्र प्रहरीको तथ्यांङ्कले देखाएको छ।
.png)
प्रकाशित: १९ आश्विन २०८२ १३:२६ आइतबार





