२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

आइजिपी कार्की धार्मिक कार्यमा व्यस्त, कपिलवस्तुको मन्दिर पुगेर चढाए पाँच किलोको घण्ट

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आइजिपी) दानबहादुर कार्कीले कपिलवस्तुको तौलिहवास्थित प्राचीन तौश्वरनाथ महादेव मन्दिरमा ५ किलोको घण्ट चढाएका छन्। शुक्रवार बिहान परिवारसहित मन्दिर पुगेर आइजिपी कार्कीले पूजाआजासहित घण्ट चढाएका हुन्।

आइजिपी कार्की परिवारले मन्दिरमा १५ मिनेट जति पूजाआजा गरेका थिए। चार वर्षअघि प्रहरी उपरीक्षक(एसपी) रहेका बेला कार्की जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रमुख भएर बसेका थिए। 

यसअघि आइजिपी कार्की गृह जिल्ला गुल्मी हुँदै अर्घाखाँचीस्थित सुपा देउराली मन्दिरमा पनि विशेष पूजा अर्चना गरेका थिए। 

प्रकाशित: १९ मंसिर २०८२ १४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App