२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

आपराधिक गतिविधि देखे टोल फ्रि १११४ मा खबर गर्नुहोस्

सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त खबर गरी सहयोग गर्न अनुरोध गरेको छ।  

प्रधान कार्यालयले आज विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थिति सामान्य हुँदै जाने क्रममा केही व्यक्ति वा समूहले विभिन्न आपराधिक गतिविधि गर्न सक्ने भन्दै त्यस्तो भएमा वा भएको देखेमा खबर गर्न आग्रह गरेको हो।  

विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट तथ्यहीन भ्रामक प्रचार गर्ने र परिस्थितिको अनुचित फाइदा उठाई सीमा अपराध, लुटपाट, आगजनीजस्ता कार्यमा संलग्न भई आपराधिक गतिविधि हुन सक्ने जनाउँदै त्यसबारे टोल फ्रि नं १११४ मा खबर गर्न अनुरोध छ।’  

यस्तै, राष्ट्रमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्न जुनसुकै विषम परिस्थितिमा पनि सशस्त्र प्रहरी बल देश र जनताको सेवामा प्रतिबद्ध रही पूर्ण संयमताका साथ परिचालित छ।  

प्रहरी बलले राज्यद्वारा सुम्पिएको मुख्य कार्यदिशा अन्तर्गत सीमा सुरक्षामा आफ्नो जिम्मेवारीबाट विचलित नभई अन्तरराष्ट्रिय सीमाबाट हुन सक्ने कुनै पनि किसिमको सीमा अपराध, घुसपैठ र अतिक्रमणजस्ता कार्य नियन्त्रण गर्न प्रभावकारी रूपमा परिचालित छ। यसका लागि सीमामा खटिएका समकक्षी र सरोकार भएका अन्य निकायसँग निरन्तर समन्वय भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ। रासस

प्रकाशित: २७ भाद्र २०८२ १५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App