२१ मंसिर २०८२ आइतबार
image/svg+xml
समाज

जेनजी प्रदर्शनपछि काठमाडौंमा बेपत्ता हुम्लाका थुक्तेन अझैं भेटिएनन्

नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता भएका छन्। उनी काठमाडौंमा गत भदौ २३ र २४ गतेको बृहत जेनजी प्रदर्शनका क्रममा बेपत्ता भएको र अझै सम्पर्कमा नआएको थुक्तेनको परिवारजनले बताएका छन्।  

२४ वर्षीय थुक्तेन काठमाडौंको तीनचुलीमा बस्दै आएका थिए। नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकेर एक वर्षदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए पनि भदौ २४ गतेको बृहत जेनजी प्रदर्शन भएको दिनदेखि सम्पर्कमा नआएको उनका बुबा टैछिरिङ लामाले बताए। उनका अनुसार भदौ २३ गतेको प्रदर्शनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फर्केका थिए।  

भदौ २४ गते कोठाबाट निस्केपछि बेपत्ता भएको थुक्तेनका बुबा टैछिरिङले बताए। बेपत्ता छोराको खोजी गरिदिन उनले सबैमा आग्रह गरेका छन्। बेपत्ता थुक्तेन उनका कान्छा छोरा हुन्। थुक्तेनका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौं प्रहरीलाई जानकारी गराइएको बुबा टैछिरिङले बताए। रासस

प्रकाशित: २९ आश्विन २०८२ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App