राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका दिनमा पनि सञ्चालन हुने भएको छ।
मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालय सञ्चालन गरिनेछ।
आयोगको केन्द्रीयसहित प्रदेश र शाखा कार्यालय विदाका दिनपनि बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म खुला रहने प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी लिए।
उनका अनुसार त्यस अवधिमा आकस्मिक प्रयोजनका ती कार्यालय खुला रहने छन्।
प्रकाशित: २९ आश्विन २०८३ १८:३९ बिहीबार





