मोरङको सुन्दर हरैचामा मानव संसाधन सम्मेलन सुरु भएको छ। उद्योग संगठन मोरङको आयोजनामा दुई दिने सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा उद्योगहरुमा आवश्यक जनशक्ति र उपलब्ध जनशक्तिबीचको खाडल कम गर्ने बिषयमा छलफल हुनेछ।
उद्योगले खोजेको जनशक्ति नपाईरहेको तर, युवाहरु बेरोजगार रहेको अवस्था अन्त्री गर्ने उद्घेश्यले सम्मेलन आयोजना गरिएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए।
पहिलो दिनको कार्यक्रममा गोर्खा ब्रुअरीका कल्चरल निर्देशक दिपेशमान श्रेष्ठ,ओएन्ड जिसि मुम्बईका एचआर प्रमुख रुपनाकर ममन्तालगायतका बिज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् ।
प्रकाशित: २५ वैशाख २०८३ १६:०० शुक्रबार





